इलाम / जन्मोत्सवका नयाँ अभ्यास गर्ने क्रममा इलामका दम्पतीले जीवन बिमा उपहार आदानप्रदान गरेका छन् ।
श्रीमतीको जन्मोत्सवको अवसरमा इलाम नगरपालिकाको होटल हाम्रो पोखरेलीका सञ्चालन विजय राईले श्रीमती शान्ति राईलाई ५० लाखको बिमा पोलिसि उपहार दिएका हुन् ।
सुस्वास्थ्य दीर्घायुको कामना सहित बिमा क्षेत्रमा लगानी गरेको उनले बताए ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी इलाम मार्फत दम्पती सुरक्षा प्लस योजनाबाट पचास लाख बिमाङ्कको १५ बर्से अवधिको जीवन बिमा गराएर बिमा लेख उपहार दिएको उनले बताए ।
फरक र उपलब्धिमूलक काम भएको कम्पनीका शाखा प्रमुख अर्जुन पोख्रेलले बताए ।
बहु क्षेत्रमा लगानी भएको बिमा कम्पनीमा जीवन बिमा गराउन पाएको भन्दै होटल व्यवसायी राईले खुसी ब्यक्त गरे ।
जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रममा कम्पनीको इलाम कार्यालय प्रमुख अर्जुन पोखरेल, कर्मचारी विवेक लिम्बू, दिनेश श्रेष्ठ, शुरेन्द्र चौहान लगायत अभिकर्ता तथा शुभचिन्तक लगायतको उपस्थिति थियो ।
Discussion about this post