झापा । झापा हाल्दिबारी गाउँपालिका २ नम्बर वडाका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
अन्दाजी ५५ वर्षीय राजवंशी आज बिहान घरबाट निस्किएका थिए । घर नफर्किएपछि परिवारजनले उनको खोजी सुरु गरेको थियो ।
उनी गाउँपालिकाको वडा नम्बर २ मा कार्यालय सहयोगीको रूपमा काम गर्थे।
उनलाई हात्तीले मारेको र घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको छ ।
गत मंसिरमा हाल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।
यस वर्ष तराईका जिल्लामा हात्तीको आक्रमण बढेको छ ।
Discussion about this post