पाँचथर । पुस १३ गतेदेखि पाँचौँ संस्करणको फिदिम नगर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक स्वतन्त्र क्लबले पत्रकार सम्मेलन गर्दै आयोजनाबारे जानकारी दिएको हो ।
फाइनल खेल पुस १८ गते हुने जनाइएको छ । आयोजक क्लब सहित ८ टिमको सहभागिता रहने छ ।
सहभागी ५ क्लबको टुङ्गो लागे पनि ३ क्लबको टुङ्गो लाग्न बाँकी रहेको आयोजक स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार योङ ब्वाई फुटबल क्लब इलाम, रेड स्टार फुटबल क्लब इलाम, बिर्तामोड झापा, पाँचथर फुटबल क्लब पाँचथर, आयोजक स्वतन्त्र क्लब र तुकैनी स्पोट क्लब झापाको टुङ्गो लागेको बताइएको छ । बाँकी ३ क्लबको समेत तत्कालै टुङ्गो लाग्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ८० हजार प्राप्त गर्ने र उपविजेता टिमले ९२ हजार प्राप्त गर्नेछन् ।
रानिटारको बराजु रंगशालामा सञ्चालन हुने प्रतियोगितामा करिब १० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिको प्रबद्धकको रूपमा फिदिम नगरपालिका रहेको छ । प्रतियोगिताको सहआयोजक रानिटार युनाईटेड र त्रिवेणी क्लब रहेका छन् ।
Discussion about this post