झापा । धान झार्ने क्रममा थ्रेसरमा च्यापिदा आज झापामा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका – २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । घटनापछि ट्याक्टर चालक फरार रहेको बताइएको छ ।
Discussion about this post