झापा । १५ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
गौरादह नगरपालिका–६ निवासी २३ वर्षीय दीपक बराइलीलाई इलाका प्रहरी कार्यालय अनारमनिले मंगलवार पक्राउ गरेको हो ।
कनकाई नगरपालिका– २ स्थित खुरुङ्गा बजारस्थित पेरिस होटेल एन्ड लजमा गत मङ्सिर २५ गते बराइली किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
Discussion about this post