कैलाली / धनगढी उपमहानगरपालिकाले ‘फायर बाइक’ सेवा सुरु गरेको छ ।
उपमहानगरपालिकाले नगरवासीको सेवाका लागि फायर बाइक सेवा सुरु गरेको हो । विपद् परेको बेला नगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ।
साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको हो।
यसका लागि हाल उपमहानगरपालिकाले दुई वटा फायर बाइक तयारी अवस्थामा राखेको छ ।
Discussion about this post