इलाम / इलाममा चाडपर्वको समयमा खेलाइएको हाउजी खेलको रकम सार्वजनिक भएको भन्दै विभिन्न मिडियामा समाचार आइरहेका छन् । दुई पटक पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गर्न खोजे पनि पारदर्शी हिसाब नआएको भन्दै जिल्लाका पत्रकारहरूले तथ्याङ्क सहित हिसाब सार्वजनिक गर्नु पर्ने माग गर्दै आएका छन् ।
व्यवहार मा हिसाब मिलाउन खोज्ने आयोजक र अं कमा हिसाब खोज्ने पत्रकार सम्मेलन बिना निष्कर्ष नै पत्रकार सम्मेलन टुङ्गिएको थियो । पुन पत्रकार सम्मेलन गरेर दैनिक हिसाब सार्वजनिक गर्ने सहमति भएपछि दोस्रो पटकको पत्रकार सम्मेलन टुङ्गिएको थियो ।
हिसाब मिलाएर सार्वजनिक गर्ने बताए पनि लामो समय बितिसक्दा समेत खर्च सार्वजनिक हुन सकेको छैन । खेल सकिएको लामो समय सम्म यकिन हिसाबकिताब गुपचुप राखेपछि यति बेला सामाजिक सञ्जालमा आयोजक सस्ताको चौतर्फी आलोचना भइरहेको हो । आयोजक नगर खेलकुद प्रतिष्ठान सहित अन्य ६ वटा सस्ताको संयुक्त आयोजनामा सम्पन्न भएको खेलको हिसाबकिताब पारदर्शी नहुँदा नागरिकमा रकम हिनामिना भएको आंशका उब्जिएको छ ।
जुवाजन्य खेलमा पर्ने हाउजीको रकमको सन्दर्भमा यति बेला प्रश्न पछि प्रश्न जन्मिरहेका छन् खेल खेलाउन अनुमति दिने प्रशासन अनि खेल खेलाउने नगरपालिकाको नगर खेलकुद प्रतिष्ठान प्रति । सदरमुकामको मुख्य चोक बजार त्यसमा पनि प्रहरी तथा सुरक्षा निकायकै अगाडी जुवा खेलाइएको थियो । सो बाट बचेको रकमले सामाजिक कार्यमा खर्च गरिने भनियो पनि । तर रकम पारदर्शी नभएको जिल्लावासीको गुनासो बढेको छ ।
विगतका वर्षहरूमा केही संस्थाहरू मिलेर खेलाइने गरिन्थ्यो । यस वर्ष पनि इलाम नगरपालिका नगर खेलकुद विकास समितिले नेतृत्व गरेर यो खेल सञ्चालन भयो । अन्य केही संस्थाको नाम उल्लेख गरिएको समेत छ । निकै तामझाम सहित इलामको ऐतिहासिक खेल भनेर इलाम चोक बजारमा जुवाजन्य बिङ्गो खेलाइयो । रातको समयमा निकै मान्छे इलाम चोक बजारमा भेला गरेर खेलाइने खेललाई नियन्त्रण हैन उल्टै प्रशासनले सुरक्षा प्रदान गरेर सहयोग गरेको थियो ।
गएको असोज २८ गते देखि मङ्सिर ८ गतेसम्म खेल खेलाइएको थियो । सो खेलबाट ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको बताइएको छ । आयोजकले पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको जानकारी दिएको छ । पुरस्कारबाट २० लाख ५० हजार एक सय ५५ रुपैयाँ बाँकी रहेको उल्लेख छ । सोबाट समेत पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेल अवधिभरमा खर्च भएको हिसाब सार्वजनिक भयो । बाँकी रहेको १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बैङ्कमा जम्मा भएको बताइएको छ ।
दैनिक कति टिकट विक्री भयो सो बाट कति रकम सङ्कलन भयो, कति खर्च र कति बचत भयो भन्नेबारे निकै अन्योल बनाएको छ । बचेको रकम सार्वजनिक कार्यमा नै खर्च हुन्छ होला तर खेल खेलाइँदा नै रकम गोलमाल भएको आरोप जिल्लावासीको छ । महिना दिन हुनै लाग्दा समेत रकम सार्वजनिक नहुनुमा शङ्का उत्पन्न भएको छ ।
Discussion about this post