विराटनगर / रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठविसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीय लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीय निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा रमेश सार्की, खड्गबहादुर पुन, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ सार्की, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् ।
घाइतेहरूको नगर अस्पताल आठविसकोटा उपचार भइरहेको बताइएको छ ।
आठविसकोट नगरपालिका–१० को इजा खोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर भूकम्पपीडितका लागि जस्तापाता लिएर जाँदै गर्दा सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ ।
Discussion about this post