इलाम : इलामको रोङ –गाउँपालिकाले एक सय ६० जना बृद्धबृद्धालाई रेडियो वितरण गरेको छ । गाउँपालिकाले बृद्धबृद्धालाई एक्लोपन महसुस नहोस् भनेर रेडियो वितरण गरेको हो ।
सूचना तथा सञ्चारमा नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले रेडियो वितरण गरेको जनाइएको छ । पहिलो चरणमा वडा नम्बर ५ मा १ सय ६० वटा रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङवोले जानकारी दिए ।
पुन अन्य वडा तथा गाउँपालिकाभरिका सम्पूर्ण ज्येष्ठ सदस्यलाई रेडियो वितरण गर्ने बताए। गाउँपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन्।
उनले ६ वटै वडाका ज्येष्ठ सदस्यलाई रेडियो वितरण गर्न सुरु गरेको बताइन्।
इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सूचनामा पहुँच पुगोस् भनेर रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष स्याङवो बताउँछन् ।
Discussion about this post