इटहरी । सुनसरीको इटहरीमा रहेको लर्डबुद्ध बहुमुखी सहकारी संस्थाले आफ्नो २१ औ वार्षिक साधारणसभा तथा ११ औ अधिवेशन सम्पन्न गरेको छ ।
तरहरा स्थित भूपू सैनिक कार्यालयको सभा हलमा सम्पन्न भएको कार्यक्रमको संस्थाका संस्थापक अध्यक्ष खम्बासिंह गुरुङ,प्रमुख अतिथि जिल्ला सुनसरी बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष गुणराज काफले,राष्ट्रिय सहकारी बैङ्क लिमिटेड इटहरीकी प्रबन्धक सबिना श्रेष्ठ,शान्ति जनकल्याण सहकारी संस्थाका अध्यक्ष वीर बहादुर लिम्बु,समाज सुधार महिला बचत तथा श्रृण सहकारी संस्थाकी अध्यक्ष मञ्जु सुबेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा उत्कृष्ट श्रृणिका रूपमा कविता गुरुङ,उत्कृष्ठ बचतकर्ताका रूपमा सरिता राईलाई सम्मान गरिएको छ ।
यसैगरी संस्थाका सेयर सदस्यका छोरा छोरीका तर्फबाट उत्कृष्ट अङ्क ल्याइ एसइई उत्तीर्ण गर्ने आदित्य न्यौपाने र शिक्षा श्रेष्ठलाई नगद सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा ३ दर्जन बढी ज्येष्ठ नागरिकलाई सम्मान तथा ३ दर्जन बढी एकल महिलाहरू तथा ३ जना फरक क्षमता भएका ब्याक्तिाहरुलाई लाई नगद उपहार प्रदान गरिएको थियो ।
यस्तै संस्थाका पूर्व अध्यक्षहरू खम्बासिंह गुरुङ,राजकुमार राई,थिर थिरबहादुर गुरुङ,दलेन्द्रकुमार खडकालाई ढाका टोपी लगाएर सम्मान गरिएको छ ।
संस्था स्थापना हुँदा महत्वुर्ण सहयोग गर्ने कृपासोर गुरुङलाई पनि ढाका टोपी लगाएर संस्थाका अध्यक्ष हरिदास गुरुङले सम्मान गरेका थिए ।
२०५९ साल माघ ६ गते स्थापना २५ जना सेयर सदस्यबाट ६२ हजार नगद सङ्कलन गरेर स्थापना भएको थियो । इटहरी २० तरहरा सो समयमा सुरुवात गर्दा कोठा भाडामा लिएर फर्निचर समेत नभएर गुन्द्री ओछाएर स्थापना भएको संस्थाको वार्षिक कारोबार ११ करोड पुगेको संस्थाका व्यवस्थापक प्रेम गुरुङले बताए ।
संस्थामा हाल १ हजार १ सय ४२ जना सेयर सदस्यहरूबाट सङ्कलित सेयर रकम १ करोड ५६ लाख सेयर पुजी रहेको छ । संस्थाको खुद मुनाफानै यस वर्ष ३३ लाख बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
४ वर्ष अघिदेखि तरहरामा आफ्नै भवन निर्माण गरी सञ्चालन हुँदै आएको सहकारीले सेयर सदस्यहरूको आर्थिक स्तरलाई माथि उकास्ने उद्देश्यका साथ लर्डबुद्ध प्याकेजिंङ उद्योग समेत सञ्चालन गर्दे आएको छ ।
सो उद्योगमा सेयर सदस्यहरूले उत्पादन गरेको विभिन्न प्रकारका खाद्यान्नका सामाग्रीहरू सौलियत दरमै बिक्री वितरण गर्दे आएको छ । डिजिटल कारोबार गर्ने उद्देश्यले यस वर्ष देखि संस्थाले एस.एम.एस बैंकिङको सुविधा समेत सुरु गरेको संस्थाका अध्यक्ष हरिदास गुरुङले बताए ।
संस्थाले आगामी वर्षमा डिजिटल कारोबारलाई अझ परिष्कृत गर्दे क्यु.आर कोड तथा एटिएम सेवा समेत सञ्चालन गर्ने लक्ष्य राखेको जनाइएको छ ।
संस्थाको अध्यक्षमा पुन गुरुङ
लर्डबुद्ध बहुउद्देश्यीय सहकारी संस्थाको ११ औ अधिवेशनबाट अध्यक्षमा पुन हरिदास गुरुङ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा भोलानाथ खतिवडा,सचिवमा जगतबहादुर भटराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संस्थाकै सदस्यहरूमा रोहितकुमार राई,बर्ता गुरुङ,पार्वती थापा मगर,कृष्णकुमारी कटुवाल खडका,अर्जुन तिम्सिना,गणेशप्रसाद खतिवडा समेत निर्वाचित भएका छन् ।
सहकारीकै लेखा सुपेरीबेक्षण समितिको संयोजकमा धु्र्रबदेब गुरुङ निर्वाचित भएका छन् । यसैगरी सोही समितिको सदस्यहरूमा कमल थापा र सरिता राई चयन भएको संस्थाका व्यवस्थापक प्रेम गुरुङले बताए ।
Discussion about this post