धरान: सुनसरीको इटहरी–२० स्थित तरहरादेखि सेउती पुल सडक–खण्डको कामले अझै गति लिन सकेको छैन ।
कोसी राजमार्गअन्तर्गत ६ लेन सडक आयोजना अन्तर्गत निर्माण हुँदै आएको सो सडकमा निर्माणका कामले गति लिन नसक्दा यात्रुहरूले सास्ती पाइरहेका छन् ।
वर्षामा हिलो र हिउँदमा धुलोको चपेटामा पर्दे आएका यात्रुहरूले कामले तीव्रता लिन नसक्दा अझै कति दिन सास्ती पाउनुपर्ने हो कुनै लेखा जोखा सम्म छैन । ठेकेदार कम्पनी हिमढुङ्गरप्यासिफिक जे.भी. ले ५५ करोडमा सो कामको ठेक्का लिएको थियो ।
ठेकेदार कम्पनीका सहायक इन्चार्ज तारा खड्काका अनुसार ५३ सय मिटर कालो पत्रे गर्नुपर्ने २२ सय मिटर सकिएको र दिनको ६ सय मिटर कालोपत्रे भएको छ ।
उनले ठेक्का लिए यता देखि निर्माण सामाग्री सहित डिजेलमै अत्यधिक मूल्य वृद्धि भएपछि समयमै काम गर्न नसकेको स्वीकार गरेका छन् ।
लगार काम हुन नसक्दा आउँदो असार सम्ममा निर्माण सम्पन्न गर्ने बताए । निर्माण कार्यमा विभिन्न कारणलेे ढिलासुस्ती र कमजोरी भइरहेको सहायक इन्चार्ज खडकाले स्वीकार समेत गरे ।
उनले अहिले सम्म ४२ प्रतिशत काम सकिएको बताएका छन् । सडक निर्माणमा ढिला भएको भन्दै यातायात व्यवसायी, उद्योगी व्यवसायी पर्यटन व्यवसायीलगायत सम्पुर्ण सरोकारवाला निकायको चौतर्फी दबाव समेत दिदै आएका थिए।ठेकेदारको मनोमानी र सडकमा धुलो उडेको बारेमा ठेकेदारले लापरबाही तरिकाले सडक निर्माण गरिरहेको बताइएको छ ।सडकमा धुलो उडन नदिन सडकमा पानी छ्याप्नुपर्ने हो तर त्यसो पटक्कै भएको देखिँदैन । कहीँ कहीँ पानी हालेको पाइए पनि व्यवस्थित तरिकाले पानी हालेको पाइँदैन ।कतै हिलम्य त कतै धुलम्य सडक दुर्घटनाको उच्च जोखिममा छ । सडक निर्माण गर्दा व्यवस्थित तरिकाले नभएकोले जङ्गल क्षेत्रमा पछिल्लो समय सडक दुर्घटना समेत बढेको छ ।
रानी–विराटनगर–इटहरी–धरान सडक योजनाले सम्झौता अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा २०८० असार २५ मा नै सकिए पनि अहिले पुन आर्थिक वर्ष २०८१/०८२ असारसम्म समय थपिएको छ ।
Discussion about this post