टीका खतिवडा
इलाम / इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयले बन्द गराएका छन् । स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयद्धारा उत्पादन बन्द गराइएका हुन् ।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका बिचको माई खोलामा हाइड्रोपावर सञ्चालित छ । स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाई दिएको स्थानीय हरि भण्डारीले जानकारी दिए ।
उनका अनुसार सो हाइड्रोपावरले माईजोगमाई पाँचको सोयाङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटक पटक झुकाएका कारण हाइड्रोको उत्पादन बन्द गर्नु परेको हो ।
‘खोलामा छोड्नु पर्ने २० प्रतिशत पानी समेत उहाँहरूले छोड्नु भएको छैन ।’ उनले भने ।
सुरुमा स्थानीयद्धारा माग गरिएको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको उनले बताए । माईजोगमाई गाउँपालिका पाँच नम्बर वडा कार्यालयको सिफारिस सहित जाँदा समेत स्काभेटर उपलब्ध नगराइएपछि आन्दोलन गर्नु परेको बताइएको छ ।
रातीदखी नै जाग्रामा बसेर उत्पादन बन्द गरिएको बताइएको छ ।
रातको समयमा जाग्राम बसेका स्थानिय
गाउँपालिका पाँच सोयाङका स्थानीयहरूले गए राती देखी नै हाइड्रोपावरको उत्पादन बन्द गरेको बताइएको छ । सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको बताइएको छ । माग पुरा नभएसम्म आफूहरूको आन्दोलन नरोकिने स्थानीयहरूको भनाई छ ।
हाइड्रो सञ्चालकले स्थानीयका विभिन्न मागहरू पुरा नगर्ने, पुरा गर्ने भनेर झुकाउने लगायतका काम गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाई छ । राती ११ बजे देखी नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइदिएको जनाइएको छ ।
यता हाइड्रोमा प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पुरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए । उनले हाइड्रोको गेट समेत बन्द गरेर उत्पादन समेत बन्द गरेको जानकारी दिए ।
गरिएका माग बढाउने गरेको उनको भनाई छ । पछिल्लो समय शेयर लगानी मार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पुरा गर्न समय लागेको उनको भनाई छ । उत्पादन बन्द भएपछि सो हाइड्रोले दैनिक पाँच लाख माथि घाटा बेहोर्नु पर्ने उनको भनाई छ ।
सो हाइड्रोपावर सात दशमलव आठ मेघा वाटको हो ।
Discussion about this post