ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चासोक तङ्नामको अवसर पुस ११ गते एक दिन स्थानिय बिदा दिने निर्णय गरेको छ।
बिज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी गराइएको हो । चासोक तङ्न्नामको अवसरमा भानु माविको खेल मैदानमा भई रहेको कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको फाइनल खेल बुधवार हुँदै छ।
बुधवार नगरपालिकाको मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ । सङ्घीय सरकार अन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने बताइएछ ।
मङ्गलवार पनि सरकारले बिदा दिएको छ । फुङ्लिङ नगरपालिकाले स्थानिय बिदा भनेर बुधवार लाही समेत बिदा दिएको हो ।
पूर्वी पहाडी जिल्लामा चासोक तङ्नाम धमाधमका साथ मनाउने चलन छ ।
Discussion about this post