बुढिगंगा जमुना मुक्तिघाटमा इलेक्ट्रीक सवदाह गृह निर्माण गर्ने बिषयमा छलफल भएको छ । इटहरी उपमहानगरपालिकाको समन्वयमा बृहत्तर मुक्तिधाम क्षेत्र बिकास समिति र बेवारिसे सव ब्यबस्थापन तथा पुनर्जिवन केन्द्रका प्रतिनिधि बिच शो विषयमा छलफल भएको हो ।
नेदरल्यान्डको हेम्स फाउण्डेशनको आर्थिक सहयोगमा बेवारिसे सव ब्यबस्थापन तथा पुनर्जिवन केन्द्रले इलेक्ट्रीक सवदाह गृह निर्माण गर्ने विषयमा छलफल भएको बृहत्तर मुक्तिधाम क्षेत्र बिकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले प्रदेश खवरलाई जानकारी दिए ।
इलेक्ट्रीक सवदाह गृह निर्माणका लागि जग्गा बृहत्तर मुक्तिधाम क्षेत्र बिकाश समितिले उपलब्ध गराउने र बाँकी सम्पुर्ण निर्माण खर्च हेम्स फाउण्डेशनले व्येहोर्ने गरी छलफल भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
उक्त कार्यका लागि कार्यालय भन्दा पछाडीपट्टी रहेको जग्गा उपलब्ध गराइएको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।
करिव ३ देखी ४ करोडको लगानी रहने इलेक्ट्रीक सवदाह गृह निर्माणका लागि १० दिन भित्रमा प्राविधिकहरुलाई अध्ययन गर्न लगाइ डिपिआर तयार गर्ने र तत्काल काम सुरु गरिने बेवारिसे सव ब्यबस्थापन तथा पुनर्जिवन केन्द्रका संयोजक नबिनजंग बस्नेतले बताए । संयोजक बस्नेतका अनुसार काम सुरु भएको ४ महिना भित्रमा सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष राखिएको छ ।
Discussion about this post