निशा राई
धरान- बहुजातीय सांस्कृतिक धिमे बाजा, बांसुरी वाद्यवादन विभिन्न राष्ट्रिय लोक साँस्कृतिक नृत्य प्रतियोगिता आगामी पौष २७ गते हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्राकृतिक सम्पदाले भरिपूर्ण धरानमा रहेको दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका लगायत धार्मिक क्षेत्र प्राकृतिक सम्पदा शिवजट्टा, चिन्डे डाँडा लगायत आदि ठाउँहरूको प्रचार प्रसार र यस क्षेत्रमा रहेको विभिन्न जातजाति, भाषा -भाषी, लोकगीत, लोक सांस्कृतिक नृत्यलाई प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखी यो कार्यक्रमको आयोजना गरिएको नेवा सांस्कृतिक उत्थान मञ्चको अध्यक्ष ममता टमोटले बताए ।
नयाँ पुस्ताका युवाहरूलाई आफ्नो जातीय संस्कृति, संस्कार, कला सिकाई कुलत दुर्व्यसनीबाट उन्मुक्त गराई देशको विकासमा टेवा पुराउने लक्ष्य यस कार्यक्रमबाट रहेको उनले बताइन ।
यो कार्यक्रम करिब ९ वर्ष अगाडि २०७१ सालदेखि सुरु गरी कलाकारहरूलाई निःशुल्क प्रशिक्षण दिँदै आएको अध्यक्ष टमोटले बताइन ।
यस कार्यक्रमको मुख्य आकर्षण पौराणिक १५ सय वर्ष देखि ५ हजार वर्ष पुराना नेवार जातीको मौलिक बोकेको चर्या नृत्य देवी देवताको नृत्यहरुक रहेको छ । उक्त सांस्कृतिक कार्यक्रममा १ सय ५० जनाले सहभागिता जनाउने आयोजकको भनाई छ ।
Discussion about this post