जेनरेटर राख्नका लागि इँटा र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरमा बिहान ५ बजेतिर आगलागी भएको थियो । आगलागीमा घरसहित जेनरेटर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आगलागीमा ८ लाख बराबरको क्षति भएको छ । आगो नेपाल प्रहरी, स्थानीय र दमकलको सहायतामा लगभग १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै, बेलबारी नगरपालिका–१ भानु मार्ग बस्ने सावित्रीदेवी श्रेष्ठको भान्सा छर मा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार कर्कटपाताको छानो र बेरा लगाएर बनाइएको घरमा बिहानका राति १ बजेतिर आगलागी भएको हो ।
चुल्होबाट अचानक आगो सल्किँदा भान्सा घर, कोठामा रहेका अन्नपात, काठ पात, भान्साका सामग्री जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ । आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
Discussion about this post