इटहरी – कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
बिहीबार विराटनगरमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला विजयी भएका हुन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।
सिटौलाले कूल ५,२९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिष्पर्धी राप्रपाका पौडेलले ४,५६२ मत प्राप्त गरे ।
कोसीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो।
महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की र नेकपा एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको थियो ।
महिलामा गठबन्धनकी उम्मेदवार कार्कीलाई हराउँदै एमालेकी कोइराला निर्वाचित भइसकेकी छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिटौलालाई राष्ट्रियसभा अध्यक्षकै रूपमा हेरिएको छ।
फागुन २० गते राष्ट्रियसभा अध्यक्षसहित २० सदस्यको पदावधि सकिँदैछ। रिक्त पद पूर्तिका लागि आज २० मध्ये १९ पद टुंगो लगाउन निर्वाचन भएको थियो।
Discussion about this post