इलाम : ‘प्रथम इलाम गोल्ड कप’ को फाइनलमा झापाको बिर्तामोड युनाइटेड र एनआरटी काठमाडौँ उपाधिका लागि भिड्ने पक्का भएको छ । दुवै टिमले सेमिफाइनलबाट जित निकाल्दै फाइनलको यात्रा तय गरेका हुन् ।
पाँचथरलाई टाइब्रेकरमा ४९२ गोल अन्तरले झापा विजयी हुँदै फाइनल प्रवेश गरेको हो । उता आयोजक रेड हर्ष फुटबल क्लबलाई पाखा लगाउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।
फाइलन खेल माघ १३ गते हुनेछ । प्रतियोगिता रेड हर्ष फुटबल क्लब इलामले आयोजना गरेको हो । गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता रहेको आयोजक रेड हर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे यल्मुले बताए । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद पाँच हजार पुरस्कार पाउनेछन् ।
गएको शनिवार देखी सुरु भएको प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको छ । आयोजकले फाइनल हेर्नकै लागि पनि १० हजार बढी दर्शक अट्ने प्याराफिट निर्माण गरेको आयोजक क्लबका सचिव प्रकाश घिमिरेले बताए ।
दर्शक १० हजार भन्दा माथि हुने आयोजकले अपेक्षा लिएको छ । यस अघिका प्रतियोगितामा समेत दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको थियो । अझ फाइनलमा दर्शकको सङ्ख्या बढ्ने गरेको थियो । सोही अनुसार यस पटक समेत दर्शक सङ्ख्या बढ्ने अपेक्षा रहेको आयोजक समितिका सदस्य तथा टिम व्यवस्थापन समिति संयोजक निरोज खड्गीले बताए ।
इलाममा खेल पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा सहित आयोजना गरिएको प्रतियोगिता खेल हेर्नकै लागि गाउँ गाउँबाट र छिमेकी जिल्लाहरूबाट समेत दर्शक भित्रिएको बताइएको छ ।
बाँसको प्याराफिटबाट खेल नियाल्दै संघिय सांसद महेश बस्नेत लगायत दर्शकहरु
Discussion about this post