विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित भएको विषयमा छानविन हुने भएको छ ।
राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले जिते पनि माओवादीको कोटाबाट उठेकी चम्पा कार्की पराजित भएपछि सत्ता गठबन्धन दलहरूले यसबारे छानविन गर्ने भएका हुन् ।
चुनावको समीक्षा गर्न शुक्रबार बसेको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरघात भएको विषयमा छानविन गरिने प्रतिवद्धता जनाएका छन् ।
विहीबार भएको राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट एमालेकी रुकमणि कोइराला विजयी भएकी थिइन् ।
गठबन्धनभित्र क्रस भोटिङ भएको भन्दै यस विषयमा छानविन गरिने सत्तारुढ दलहरूले प्रतिवद्धता जनाएका हुन् ।
Discussion about this post