धरान । धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
आज भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई, मिलन राई र कृष्ण राईले दुई दुई गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १७ नं. वडाका साहिल राई घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
भोली पहिलो खेलमा दिउसो १ बजे १५ नं. वडा र १२ नं. वडा प्रतिष्पर्धा गर्नेछन् भने दोस्रो खेलमा २० नं. वडा र १९ नं. वडा प्रतिष्पर्धा गर्दैछन् । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।
Discussion about this post