काठमाण्डौ / नेपाली बजारमा स्थापित डिजिटल होम इन्टरनेशनलको ब्रान्ड डि एच आइ ले ताइवानको प्रसिद्ध प्राविधिक कम्पनी, स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई आफ्नो प्राविधिक साझेदार बनाएको छ ।
यस साझेदारीले डि एच आइ का होम एप्लायन्स तथा होम इलेक्ट्रोनिक्सको उत्पादनहरुको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतिय उपकरणहरु बजारमा ल्याउने डि एच आइ का प्रमुख केशवकान्त पौडेलको भनाइ छ ।
सेट अप बक्सहरुको निर्माण र वितरणमा सफलता हात पारिसकेको डि एच आइ को अबको लक्ष्य देशभरका ग्राहकहरुलाई आफ्ना होम एप्लायन्स र इलेक्ट्रोनिक उत्पादनहरु मार्फत उच्चस्तरीय सेवा र सुखद् अनुभव प्रदान गर्ने रहेको बताइएको छ ।
साथै दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकास र बजारको माग पूर्ती गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ ।
Discussion about this post