वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरूको अध्ययनका लागि कङ्गो , तान्जेनिया , नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरू आएका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था करुणा फाउन्डेसन मार्फत चार देशबाट पाँच जना प्रतिनिधिहरू वराहक्षेत्र आएका हुन् ।
करुणा फाउन्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन , अवलोकन तथा सिकाई लागि आएको सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले बताए । उनीहरूले नगरपालिकाले अपाङ्गता क्षेत्रमा गर्दै गरेको कामको अवलोकन , अध्ययन , स्थलगत अवलोकनसँगै नगर प्रमुख रमेश कार्की , उप प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने नगरपालिकाका प्रतिनिधिहरुसंग छलफल र अन्तर्क्रिया समेत गरेको नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए ।
नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेनले वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरू अध्ययन गरेर आफ्नो देशमा अपाङ्गता रोकथाम र पुनर्स्थापनामा काम गर्ने करुणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइराला जानकारी दिए ।
नगरपालिकाले अपाङ्गता रोकथाम तथा पन स्थापनाका लागि सहकारी सञ्चालन , समूह गठन , सहयोग , उपचार , अपाङ्गता सहयोग सामाग्री वितरण , पहिलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका मानिसहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान लगाएका कामहरू गर्दै आएको र यसैलाई उनीहरूको देशमा अध्ययन गरेर काम गर्न वराहक्षेत्र अध्ययन , अवलोकन र सिकाकाईलागि आएको करुणा फाउण्डेसका सुनसरी प्रमुख भारती देवले बताइन् ।
Discussion about this post