विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ ५ः३० बजेतिर खतिवडालाई ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा विराटनगरको नोबेल विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ११ः४५ बजेतिर मृत्यु भएको जानकारी न्यौपानेले दिए ।
उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले विराटनगर महानगरपालिका–३ दूध फारममा सडक पार गर्दै गरेको अवस्थामा खतिवडालाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय आशिष श्रेष्ठ पनि सामान्य घाइते भएका छन् । नोबेलमै उपचारपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post