विराटनगर । विराटनगरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको उत्तर प्रदेशस्थित भर्साली साहापुरका २१ वर्षीय मोहमद सलमान सोमबार साँझ पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट सलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १.१२ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
साथबाट ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।
यस विषयमा इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । सलमानविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
Discussion about this post