इटहरी / इटहरीमा फागुन ११ गतेदेखि जुत्ता चप्पल व्यापार मेला हुने भएको छ ।
नेपाली उत्पादनको प्रवर्द्धन गर्न यही फागुन ११ गतेदेखि चैत १५ गतेसम्म इटहरी पश्चिमलाईनमा रहेको यमाह सोरुम नजिकै शुभकामना फुटवेयर ईन्ड्रस्ट्रीज प्रा.ली काठमान्डौको आयोजनामा जुत्ता चप्पल व्यापार मेला हुने भएको हो ।
बुधवार इटहरीको होटल त्रियुगामा पत्रकार सम्मेलन गर्दै मेलामा नयाँ तथा पुराना डिजाईनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने जानकारी आयोजकले दिएको छ ।
मेलामा न्यूनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेलाका संयोजक होमनाथ उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मेला प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल शुज, वेश फुटवेयरको उत्पादन विएफ् डियर हिल र विएफ् स्पोर्ट , लालिगुरास फुटवेयरको फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको फास्ट वाक , डिजे शुज कम्पनीको डिजे सुज गरी ५ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।
मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुनेछन् । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । नयाँ उत्पादनहरू उक्त मेलामा लन्च समेत गरिने जानकारी आयोजकले दिएको छ ।
एक महिने व्यापार मेलामा ३ लाख अवलोकन कर्ताले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
Discussion about this post