झापा । झापाको बाह्रदशीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका –६ मिलन चोक निवासी बुद्धराज लिम्बूको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरभन्दा ५०० मिटर पश्चिम खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा लिम्बू घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका २८ वर्षीय लिम्बूको अस्पताल लैजाने तयारी गर्दा गर्दै घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post