Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् ।
लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको बताइएको छ ।
लामिछानेले प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका थिए ।
शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए ।
जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका थिए ।
आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै पुनः गृहमन्त्री बन्न दौडधुप थालेका हुन् । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् ।
Discussion about this post