Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी उपमहानगरपालिका वडा नं. ४ मा रहेको नवदृष्टि आँखा अस्पतालले आँखाका बिरामीहरुलाई मध्यनजर गर्दै विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
प्रदेश १ का भोजपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न वडाहरूमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको नवदृष्टि आँखा अस्पतालका प्रबन्धक भक्तबहादुर शाहीले जानकारी दिए ।
माघ १० देखि १२ गतेसम्म सञ्चालित उक्त शिविरहरूमा १६६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको थियो।
यस्तै, १९ जनालाई चश्मा वितरण गरिएको प्रबन्धक शाहीले जानकारी दिएका छन् ।
अस्पतालका प्रबन्धक शाहीका अनुसार उक्त शिविरमा आएका १८ जना मोतीयाविन्दुका बिरामीहरूलाई रिफर गरिएको थियो। जसमध्ये ७ जनाको नि:शुल्क मोतीयाविन्दुको शल्यक्रिया भइसकेको छ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमको नेतृत्वमा ६ जनाको प्राविधिक टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको थियो।
मोतियाविन्दुको समस्या भएका बिरामीहरूलाई लक्षित गरेर शिविरको आयोजना गरिएको प्रबन्धक शाहीले बताए।
इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले आँखाका बिरामीहरुलाई मध्यनजर गर्दै इटहरीकै तरहरा, संखुवासभाको तुम्लिङटारमा शाखा स्थापना गरी सेवा दिइरहेको छ ।
केही समय भित्रमा मोरङको केरावारी र बयरबनमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको प्रबन्धक शाहीले जानकारी दिएका छन् ।
Discussion about this post