Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

स्पेनिस ला लिगामा जिरोना विरुद्धको खेलमा घाइते भएका फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले म्यान्चेस्टर युनाइटेड विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।
युईएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्ध हुने खेल गुमाउन सक्ने बताइएको छ । शनिबार लिग खेलका दौरान चोट बोकेपछि उनी दुई सातापछि हुने युरोपा लिग खेलका लागि उपलब्ध हुनेमा शंका बढेको हो ।
जिरोनाविरुद्ध खेलमा डेम्बेले २५ मिनेटमा बाहिरिएका थिए । जिरोनाका डिफेन्डर अर्नाउ मार्टिनेजसँग बल भेट्न कुद्दा उनी मांशपेशीमा चोट बोक्न पुगेका थिए । उनको स्थानमा आएका पेड्रीले खेलमा निर्णायक गोल गर्दै क्याटलान क्लबलाई जित दिलाएका थिए ।
बार्सिलोना र युनाइटेडबीच युरोपा लिगको नकआउट चरणमा प्रतिस्पर्धा हुँदैछ । फेब्रुअरी १६ मा पहिलो लेग क्याम्प नोउमा हुनेछ । त्यस्तै दोस्रो लेग त्यसको अर्को साता ओल्ड ट्राफर्डमा खेलिनेछ । उक्त खेलअघि बार्सिलोनाले लिगमा रियल बेटिस, सेभिया र भिल्लारिअलसँग खेल्नेछ । त्यसबाहेक कोपा डेल रे को सेमिफाइनल पनि खेल्नुपर्ने हुन्छ ।
डेम्बेले यस सिजन उच्च लयमा खेलिरहेका छन् । जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्दै आएका उनले ८ गोल र ७ असिस्टको योगदान दिएका छन् ।
Discussion about this post