इलाम- इलाम क्षेत्र नम्बर दुईमा आगामी वैशाख १५ मा उप निर्वाचन हुने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय इलाम जुटिसकेको छ ।
जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरूले निष्पक्ष र धाँधलीरहित निर्वाचनमा
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरूले निष्पक्ष र धाँधलीरहित निर्वाचनमा
प्रतिबद्धता जनाए । निर्वाचनको निष्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरूले सुझाएका छन् ।
निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरी कसैले काम गर्नु नहुने जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको भनाई छ ।
निर्वाचन कार्यालयले मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदान स्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवी चरण फुँएलले बताए ।
निर्वाचन आयोगको कार्य तालिका अनुसार उपनिर्वाचनका लागि फागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताइएको छ ।
कार्य तालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्य तालिका छ ।
कार्य तालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्य तालिका छ ।
चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी तथा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी जाँच गर्ने र २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्य तालिका छ ।
त्यस्तै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य तालिका रहेको जनाइएको छ ।
चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारको अवधि राखिएको छ भने वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेकपा ९एमाले० उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।
Discussion about this post