ताप्लेजुङ / गएको पुसमा सञ्चालित प्रथम सेसेलुङ (कञ्चनजंघा) गोल्डकपबाट आयोजकलाई करिब दुई लाख बचत भएको छ ।
चासोक तङमानको अवसरमा भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताबाट १ लाख ९३ हजार १ सय ४५ रुपैयाँ बचत भएको हो ।
आयोजकले शनिवार पत्रकार सम्मेलन गर्दै आयब्यय सार्वजनिक गरेको छ ।
कञ्चनजंघा फुङलिङ क्लब र ङा वोरक सङजुम्बो फुङलेङले आयोजना गरेको प्रतियोगिताबाट बचत भएको रकमबाट अर्को संस्करणका लागि कोषमा जम्मा गरिएको बताइएको छ ।
कोषाध्यक्ष कुल दीप मादेनले प्रतियोगिता सञ्चालनका क्रममा उठेको र खर्च भएको रकमका बारेमा जानकारी गराएका थिए ।
मादेनका अनुसार दर्शक सहित विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट कूल ३५ लाख ५९ हजार १५ रुपैयाँ आम्दानी भएको थियो ।
त्यसमध्ये ३४ लाख १५ हजार १ सय ७० रुपैयाँ खर्च भएको मादेनले बताए ।
३ लाख ५० हजार रुपैयाँ संस्थाको खातामा प्राप्त हुन बाँकी रहेको र यो प्राप्त हुने विश्वासिलो आधार रहेको बताइएको छ ।
रकम सार्वजनिक कार्यक्रममा आयोजक कञ्चनजङ्घा फुङलिङ क्लबका अध्यक्ष अशोक थेबे तथा चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्र थेबेको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT
Discussion about this post