इटहरी- प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्सले शनिवार इटहरीको होटेल त्रियुगामा अभिकर्ताको क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा उपक्षेत्रीय कार्यालय अन्तर्गत का इटहरी ,इनरुवा, धरान, भोजपुर,गाईघाट,धनकुटा शाखा तथा क्षेत्रीय कार्यालय मातहतका विराटनगर शाखामा आबद्ध भई उत्कृष्ट कार्य गर्ने तीन सय भन्दा बढी एजेन्सी म्यानेजरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न शीर्षकमा उत्कृष्ट व्यवसाय गरेका ५५ जना वरिष्ठ एजेन्सी म्यानेजर लाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले उपहार तथा सम्मान प्रदान गरेका थिए ।
शाखामा रहेर उत्कृष्ट व्यवसाय गरे बापत उनीहरूलाई सम्मान तथा उपहार प्रदान गरिएको हो । कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र खतिवडाले अभिकर्ता को क्षमता अभिवृद्धि सम्बन्धी, अभिकर्ता ले सेवाग्राही सँग प्रस्तुत हुने व्यवहार,सफलताका सूत्र , कम्पनीका बिमा योजना तथा कार्य दक्षताका विधि र नियमका बारेमा प्रशिक्षण दिएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अभिकर्ताले आफ्नो क्षमता मा कसरी निखार ल्याउनु पर्छ बन्ने विषयमा उत्प्रेरणात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा कम्पनीका डेपुटी नेसनल सेल्स हेड टीकादत्त प्याकुरेल ,कोसी प्रदेश क्षेत्रीय प्रमुख पुष्कर भट्टराई , उप क्षेत्रीय प्रमुख जगतनाथ फुयल समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समापन गर्दै उपक्षेत्रीय प्रमुख फुयलले अभिकर्ताको धर्म र कर्म बारे बोल्दै तालिमको समापन गरेका थिए । उपक्षेत्रीय कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम इटहरी शाखाका शाखा प्रमुख नगेन्द्र भट्टराई (सुरेशले) सञ्चालन गरेका थिए ।
Discussion about this post