पाँचथर / ‘विपन्नका साथमा नगरपालिका’ कार्यक्रम अन्तरगत पाँचथरको फिदिम नगरपालिकालाई खरको छानोमुक्त नगरपालिका बनाइने भएको छ । यसका लागि अभियान थालिएको छ ।
नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने अभियानलाई तीव्रता दिएको हो ।
नगरपालिकाले घर नभएका तथा घर भएर पनि टिनको छानो हाल्न नसकेका घर परिवारको पहिचान गर्दै जस्तापाता वितरण कार्यलाई तीव्रता दिएको नगरपालिकाका प्रमुख मित्र काफ्लेले बताए ।
नगरपालिको ‘विपन्नका साथमा नगरपालिका’ भन्ने अभियान अन्तरगत यो वर्ष सात सय ८१ बन्डल जस्तापाता खरिद गरेको नगर प्रमुख काफ्लेले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत यस वर्ष ३७ हजार रुपियाँ खर्च गरेर सा सय ८१ बन्डल जस्तापाता खरिद गरिसकेको छ।
थप जस्तापाता खरिदका लागि ४० लाख निकासाको प्रक्रिया अगाडि बढाइएको छ।
आउँदो वर्ष नगर क्षेत्रमा रहेका खर वा फुसका छानो भएका घर पूर्णतया विस्थापन गर्ने नीति नगरपालिकाको छ।
अभियान अन्तरगत नगरपालिकाले गत वर्ष एक सय ६८ परिवारलाई घर छाउने जस्तापाता वितरण गरेको थियो।
१४ वटा वडा रहेको फिदिम नगरपालिकामा अझै तीन सय हाराहारीमा फुसको छानो भएका घर छन्।
Discussion about this post