पाँचथर / जिल्लामा अन्तरपालिका स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र कोसी खेलकुद विकास बोर्डको आर्थिक व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता फागुन २८ गते देखि ३० गतेसम्म हुने भएको हो ।
यसका लागि तयारी थालिएको जिल्ला खेलकुद विकास समिति पाँचथरको अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
प्रतियोगिता फिदिम माविको खेलमैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा ६ विधाका खेलहरू सञ्चालन हुने बताइएको छ ।
प्रतियोगितामा भलिबल,कबड्डी, एथ्लेट्रिक,कराँते, तेक्वान्दो र उस्सुका खेलहरू आयोजना हुनेछन्।
सबै खेलहरू छात्र र छात्राहरूको छुटा छुट्टै प्रतिस्पर्धा हुने छ ।
Discussion about this post