इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ मा पर्ने तालतलैया विकास तथा संरक्षण समिति थव विवादित बन्दै गएको छ । अनियमितता भएको देख्ने साक्षीलाई नै निलम्बन गरिएपछि विवाद बढ्ने देखिएको हो ।
समितिका कर्मचारी कुलप्रसाद निरौलाले कार्यसमिति सदस्य खगेन्द्र आचार्यमाथि आर्थिक हिनामिना गरेको आरोप लगाए पछि विवाद उत्पन्न भएको थियो ।
तर, जसले आरोप लगाए उनै निरौलालाई नै समितिले निलम्बन गरेको हो ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले दोस लगाउनेसँग पनि प्रमाण नभएका कारण केही समयका लागि निलम्वन गरिएको उल्लेख गरेका छन् । छानविन समिति गठन गरी निश्पक्ष छानविन गर्नका लागि दुवैलाई निलम्वन गरिएको अध्यक्ष खनालको भनाई थियो ।
‘आरोप लगाउनेसँग केही प्रमाण छैन पर रुखको फेदमा बसेर देखेँ भन्छ, यता, आरोप खेप्नेले पनि मैले पैसा गोजीमा हालेको हो तर, आर्थिक चलखेल गर्ने नियतलै हैन भन्छ, उसले उक्त रकम पछि कार्यलयमा फिर्ता गरेको छ, ‘देखेको कुरा मात्रै मौखिक रूपमा पेस भएकोले दुवैलाई निलम्वन गरिएको हो’अध्यक्ष खनालले भने ।
आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काट्ने क्रममा पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको निरौलालेआरोप लगाएका थिए थिए ।
‘मैले आर्थिक चलखेल गरेको मेरो आँखाले देखेको थिएँ तालतलैया जस्तो पवित्र स्थानमा यस्तो कार्य गलत हो भन्ने सोचेर संस्थाको हितका लागि आवाज उठाए, तर अन्तिममा मलाइ नै निलम्बन गरियो‘ निरौलाले प्रदेश खवरसँग भने ।
जसले आरोप लगाए उनैलाई निकालिनुले दोषीलाई उम्काउने चलखेल भएको हुनसक्ने बुझिएको छ । आरोप लागेपछि गत सोमबार कार्यकक्षमा तालाबन्दी समेत गरिएको थियो ।
इटहरी २ का वडाध्यक्ष माधव कोइरालाको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।
तर, छानबिन समितिले निष्पक्ष छानबिन गर्नुपर्ने भएपनि जसले आरोप लगाए, उनैलाई निलम्बन गरी गरिएको छानबिन निश्पक्ष नहुन सक्ने स्थानियको आशंका छ ।
यता इटहरी उपमहानगरपालिका २ नम्वर वडाका अध्यक्ष समेत रहेका छानविन समितिका संयोजक माधव कोइरालाले यो ठुलो कुरा नभएको बताउदै छानविन समितिमा रहेका सदस्यहरुसंगको छलफलकै आधारमा दुवैलाई निलम्वन गर्ने निर्णय गरिएको उल्लेख गरे ।
‘यो त्यस्तो ठुलो कुरा हैन छनविन समितिका सबैसँग छलफल गरेर तत्कालका लागि दुवैलाई निलम्वन गरिएको हो, छानविन सकिएपछि दोषीलाई कारवाही सहित निर्दोसलाई सम्मान सहित पुरानै जिम्मेवारीमा फर्काउछौँ‘ कोइरालाले भने ।
हाल छानबिन समितिले आवश्यक अनुसन्धान गरिरहेको छानविन समितिका संयोजक कोइरालाको भनाइ थियो ।
आरोप लगाउने व्यक्तिलाई नै निलम्वन गर्नु गलत हैन भन्ने प्रश्नमा सस्ंथाका अध्यक्ष खनाल भन्छन्, ‘सात सदस्यीय छानविन समितिले दुवै जनालाई निलम्बन गरी आवश्यक परेको बेला दुवैजनालाई झिकाएर अनुसन्धान गर्ने परिपत्र दिएपछि सोही बमोजिम काम गरिएको हो ।’
२ नम्वर वडाका वडाअध्यक्ष माधव कोइरालाको संयोजकत्वमा ३ नम्वर वडाका निवर्तमान वडाअध्यक्ष बालकृष्ण विष्ट,२ नम्वर वडाका निवर्तमान वडाअध्यक्ष हर्क मगर लगायतको सात सदस्यीय छनविन समिति बनेको संस्थाका अध्यक्ष खनालले जानकारी दिएका छन् ।
Discussion about this post