इलाम/ किरात धर्मसम्बन्धी गलत प्रचार भइरहेको भन्दै किरात धार्मिक संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् ।
किरात चोत्लुङ मुहिङगुम अङसिमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उत्थान सङ्घले पछिल्लो समय किरात धर्मको विषयमा केही धार्मिक संस्थाले नै गरेको प्रचार गलत भएको दाबी गरेका हुन् ।
बिहीबार इलाम बजारमा पत्रकार सम्मेलन आयोजना गरी यी दुई संस्थाले किरात धर्म सत्यहाङमा सेवा सङ्घ केन्द्रीय कार्यालयको प्रचारप्रति खण्डन गरेका हुन् । सङ्घले चैत १० मा झापाको दमकमा पत्रकार सम्मेलन गरी किरात धर्मसम्बन्धी प्रेस विज्ञप्ति जारी गरेको थियो ।
राष्ट्रिय विभूति फाल्गुनन्दसँग सम्बन्धित आधिकारिक संस्था आफूहरूसँग मात्र रहेको भन्ने प्रचार गरेसँगै किरात धार्मिक संस्थाले पनि आधिकारिक रूपमा सत्य–तथ्य सार्वजनिक गर्नुपरेको किरात चोत्लुङ मुहिङगुम अङसिमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिंह योङहाङले बताए ।
धर्मको नाममा विवाद हुँदा राम्रो सन्देश नजाने भएकाले पनि यस्तो गर्न नहुने बताइएको छ ।
Discussion about this post