तेह्रथुम / तेह्रथुममा ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने नरेश लिम्बु रहेका छन् । लिम्बुलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post