इटहरी । इटहरीका वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरिएको छ । शुक्रबार (आज) घिमिरको ७७ औँ जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो ।
इटहरीमा रहेर लामो समयदेखि शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै नागरिक अभिनन्दन गरिएको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।
घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रले अभिनन्दित गरिएको हो । कार्यक्रममा अभिनन्दित भइसकेपछि घिमिरेले आँफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको उल्लेख गरेका थिए। घिमिरेलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा घिमिरेलाई अभिनन्दन गरिएको हो । अभिनन्दन समारोहलाई सम्वोधन गर्दै निर्वाचन आयुक्त थपलियाले शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गरे ।
अभिनन्दन कार्यक्रमलाई सव्य तथा भव्य बनाउन विभिन्न उपसमितिहरु समेत बनाइएको थियो । सबैको सहभागितामा सफलतापुर्वक कार्यक्रम गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ समेत सार्वजनिक गरिएको छ । उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरेबारे लेख लेखेका छन् ।
Discussion about this post