इटहरी । उद्योग वाणिज्य संघ इटहरीको मतदान सरु भएको छ । जनता बहुमुखी क्याम्पसको प्रांगणमा मतदान सुरु भएको हो । विगतमा पार्टीगत प्रतिष्पाधा नै हुनेगरेको मा यसपटक भने निर्वाचनमा केही फरक दृष्यहरु देखिएका छन् । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षका लागि ४ जना बिचमा प्रतिष्पर्धा हुदै छ ।
रञ्जु सिग्देल (चौलागाई)गायत्री कटुवाल (भण्डारी), जीवन पराजुली र मणिन्द्र कटुवाल अध्यक्षका लागि प्रतिष्पर्धा गर्दै छन् । सिग्देल,कटुवाल र पराजुली प्यानल सहित प्रतिष्पर्धामा रहदा यता मणिन्द्र कटुवाल भने स्वतन्त्ररुपमा अध्यक्षका लागि लड्दै छन् ।
४ जना मध्यबाट रञ्जु सिग्देल (चौलागाई) को समुहलाई अदृश्य रुपमा नेकपा एमालेले सहयोग गरेको छ । गायत्री कटुवाल (भण्डारी) को समुहलाई नेपाली काङ्ग्रेस समुहले घोषित रुपमै सहयोग गर्ने बताएको छ ।
अर्का उम्मेदवार जीवन पराजुलीलाई नेपाली काङ्ग्रेसको देउवा समुह, माओवादी केन्द्र,नेकपा एस,राप्रपा,रास्वपा,जसपा लगायतका दलले समर्थन गरेका छन् । त्यस्तै मणिन्द्र कटुवाल स्वतन्त्र उम्मेदवार बनेका छन् । विगतका नेतृत्व हेर्ने हो भने अधिकाशं नेपाली काङ्ग्रेस पार्टीले सहयोग गरेको ब्यक्ति नेतृत्वमा पुग्ने गरेको देखिएको छ ।
तर,यसपटक भने नेपाली काङ्ग्रेस २ भागमा बिभाजित छ । यसको प्रत्यक्ष लाभ पिपक्षीलाई पर्न सक्ने धेरैले आँकलन गरेका छन् । तर, उमेदवारहरु सबैले आफ्नो जित निश्चित रहेको बताउदै आएका छन् । उद्योगी व्यापारीहरुसँगको सम्बन्ध,उनीहरुको समस्यालाई समाधान गर्न सक्ने क्षमता लगायतको मुल्यांकन गर्दै भोट दिने व्यापारीहरुले बताएका छन् । अबको उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व कस्ले गर्छ भन्नका लागि निर्वाचनको परिणाम कुर्नुको विकल्प छैन ।
Discussion about this post