Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाण्डौ । डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा वरिष्ठ हवलदार गुरुङलेडाक्टरमाथि लाठी चार्ज गरेका थिए ।
गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा पनि अस्पताल परिसर भित्रै प्रहरीले साङ्घातिक आक्रमण गरेका थिए ।
Discussion about this post