Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको मतदान अन्तिम चरणमा पुगेको छ । जनता बहुमुखी क्याम्पसको प्रांगणमा भएको मतदान अन्तिम चरणमा पुगेको हो ।
निर्धारित समय भन्दा करिव ३ घण्टा ढिलो गरि सुरु भएको मतदान निर्धारित समय भन्दा अघिनै समापन गरिएको व्यवसायीहरुले बताएका छ्न । भोट हाल्न बिहानै गएको थिएँ । तर समयमा निर्वाचन सुरु भएन । बिस्तारै गएर हाल्छु भनेर फर्किएँ । तर, निर्धारित समय भन्दा अघि नै मतदान रोकिइ सकेछ, मैले मतदान गर्न नै पाइन” तरहरा प्रिन्टिङ हाउसका सुमन रेग्मीले भने ।
सुमन जस्तै अन्य धेरै व्यवसायीहरु मतदान गर्नबाट बन्चित बनेका छ्न् । “निर्वाचनमा कति मत खस्यो भन्ने यकिन भैसकेको छैन । मतदान स्थलमा प्रवेश गरिसकेलाले मतदान गर्दै हुनुहुन्छ । मतदान अन्तिम चरणमा पुगेको छ” निर्वाचन समिती सदस्य अमलेश पौडेलले भने ।
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षका लागि ४ जना बिचमा प्रतिष्पर्धा हुदै छ ।
रञ्जु सिग्देल (चौलागाई)गायत्री कटुवाल (भण्डारी), जीवन पराजुली र मणिन्द्र कटुवाल अध्यक्षका लागि प्रतिष्पर्धा गर्दै छन् । सिग्देल,कटुवाल र पराजुली प्यानल सहित प्रतिष्पर्धामा रहदा यता मणिन्द्र कटुवाल भने स्वतन्त्ररुपमा अध्यक्षका लागि लड्दै छन् ।
४ जना मध्यबाट रञ्जु सिग्देल (चौलागाई) को समुहलाई अदृश्य रुपमा नेकपा एमालेले सहयोग गरेको छ । गायत्री कटुवाल (भण्डारी) को समुहलाई नेपाली काङ्ग्रेस समुहले घोषित रुपमै सहयोग गर्ने बताएको छ ।
अर्का उम्मेदवार जीवन पराजुलीलाई नेपाली काङ्ग्रेसको देउवा समुह, माओवादी केन्द्र,नेकपा एस,राप्रपा,रास्वपा,जसपा लगायतका दलले समर्थन गरेका छन् । त्यस्तै मणिन्द्र कटुवाल स्वतन्त्र उम्मेदवार बनेका छन् । विगतका नेतृत्व हेर्ने हो भने अधिकाशं नेपाली काङ्ग्रेस पार्टीले सहयोग गरेको ब्यक्ति नेतृत्वमा पुग्ने गरेको देखिएको छ ।
तर,यसपटक भने नेपाली काङ्ग्रेस २ भागमा बिभाजित छ । यसको प्रत्यक्ष लाभ पिपक्षीलाई पर्न सक्ने धेरैले आँकलन गरेका छन् । तर, उमेदवारहरु सबैले आफ्नो जित निश्चित रहेको बताउदै आएका छन् ।
Discussion about this post