Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको मतदान सम्पन्न भएको छ । बिहान करिव १० बजेबाट सुरु भएको मतदानमा २ हजार ८ सय ९० मत खसेको निर्वाचन समिती सदस्य अमलेश पौडेलले जानकारी दिए ।
करिव ४८ सय मतदाता रहेकोमा २ हजार ८ सय ९० मत मात्र खसेको हो ।
मतगणना भने आइतवार (भोली ) बिहाना ८ बजेबाट उद्योग वाणिज्य संघ इटहरीको भवनमा गरिने समिती सदस्य पौडेलले जानकारी दिए ।
मतदान भने जनता बहुमुखी क्याम्पसको प्रांगणमा भएको थियो । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षका लागि ४ जना बिचमा प्रतिष्पर्धा छ ।
रञ्जु सिग्देल (चौलागाई)गायत्री कटुवाल (भण्डारी), जीवन पराजुली र मणिन्द्र कटुवाल अध्यक्षका लागि प्रतिष्पर्धा गर्दै छन् । सिग्देल,कटुवाल र पराजुली प्यानल सहित प्रतिष्पर्धामा रहदा यता मणिन्द्र कटुवाल भने स्वतन्त्ररुपमा अध्यक्षका लागि लड्दै छन् ।
४ जना मध्यबाट रञ्जु सिग्देल (चौलागाई) को समुहलाई अदृश्य रुपमा नेकपा एमालेले सहयोग गरेको छ । गायत्री कटुवाल (भण्डारी) को समुहलाई नेपाली काङ्ग्रेस समुहले घोषित रुपमै सहयोग गर्ने बताएको छ ।
अर्का उम्मेदवार जीवन पराजुलीलाई नेपाली काङ्ग्रेसको देउवा समुह, माओवादी केन्द्र,नेकपा एस,राप्रपा,रास्वपा,जसपा लगायतका दलले समर्थन गरेका छन् । त्यस्तै मणिन्द्र कटुवाल स्वतन्त्र उम्मेदवार बनेका छन् । विगतका नेतृत्व हेर्ने हो भने अधिकाशं नेपाली काङ्ग्रेस पार्टीले सहयोग गरेको ब्यक्ति नेतृत्वमा पुग्ने गरेको देखिएको छ ।
तर,यसपटक भने नेपाली काङ्ग्रेस २ भागमा बिभाजित छ । यसको प्रत्यक्ष लाभ पिपक्षीलाई पर्न सक्ने धेरैले आँकलन गरेका छन् । तर, उमेदवारहरु सबैले आफ्नो जित निश्चित रहेको बताउदै आएका छन् ।
Discussion about this post