इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा विजयी उमेदवारहरुले संयूक्त विजय जुलुस निकालेका छन् । निर्वाचनमा छुट्टै समूहबाट प्रतिष्पर्धा गरेपनि निर्वाचित भएपछि भने एउटै निर्वाचित समूह बनाएर विजयी जुलुस निकालिएको हो ।
अन्तर्गत आइतबार सम्पन्न मतगणनामा जीवन पराजुली अध्यक्षमा निर्वाचित भएका थिए । पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ)ले ८४७ मत प्राप्त गरिन् ।
उद्योगतर्फको सदस्यमा अभिषेक बस्नेतले २५५, राजेन्द्र केशरी घिमिरेले २१८, विष्णु नारायण डाँगीले २०६ र दिलीप पराजुलीले १७५ मत प्राप्त गर्दै निर्वाचित बनेका थिए भने वस्तुगततर्फ विनोद पौडेलले १५ र उमानाथ दाहालले १३ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।
यता महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
वाणिज्यतर्फ भने सिनेट रिजाल १,२८१ मत, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचनमा एकआपसमा प्रतिष्पर्धा गरिएको भए पनि अबका दिनमा सहकार्य गर्दै इटहरीको व्यपार व्यवसायका पक्षमा आवाज उठाउने र निर्वाचमा गरेका वाचाहरु पुरा गर्न ध्यान केन्द्रित गर्ने निर्वाचित सदस्य राकेश श्रेष्ठले जानकारी दिएका छन् ।
Discussion about this post