Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । करिब २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गर्न लागिएको हो ।
सोमबार टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले शिलान्यास गरेका हुन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार निर्माण हुन लागेको टर्मिनल भवन आन्तरिक तर्फ देशकै ठुलो हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको र गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको रहेको अधिकारीको भनाई छ ।
विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो ।
विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।
तीन वर्ष भित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो ।
Discussion about this post