बझाङ : बझाङ क्षेत्र नं मा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा कंग्रेसका उम्मेदवार सिंहले ९ हजार ८८० मत ल्याएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्र का जनकबहादुर बुढाले तीन हजार ५ सय २६ र नेकपा एकीकृत समाजवादी का दिलबहादुर सिंहले दुई हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
Discussion about this post