इलाम । इलाममा जारी मतगणनाको परिणाम छिटो निकाल्न गणना स्थल बढाइएको छ ।
बिहानबाट ३ स्थानबाट मतगणना सुरु गरिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको जानकारी दिए । ६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ ।
फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना भइरहेको छ ।
अहिलेसम्म २२ हजार भन्दा बढी मत गणना भइसकेको छ । आज बेलुकासम्ममा अन्तिम परिणाम आउने गरि मत गन्ने काम भइरहेको यादवले बताए ।
Discussion about this post