काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेका कांग्रेस वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गरेका छन्।
सदस्यहरुमा चित्रवहादुर के.सी,रुपन्देही, हाल संयुक्त अरव इमिरेट्स, नविन शेरचन, मुस्ताङ, हाल अमेरिका, राजेन्द्र अधिकारी, लमजुङ,जयश वोहरा, मोरङ्ग देवकुमार खोखाली, सिन्धुपाल्चोक मनोनित भएका छन्।
यस्तै दिपक थापा(स्याङ्जा) महेश वस्नेत (उदयपुर) सुजित श्रेष्ठ (झापा) हिरादेवी वुढाथोकी (काठमाण्डौ) र संजय पनेरु (गोरखा) लाई पहिलो चरणमा १० मनोनित गरेको सानेपास्थित काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मनोनयनपछि विभागका नेतृत्वकर्ता प्रकाश रसाइलीले पार्टी सभापति देउवाले पहिलो चरणमा सदस्यहरु मनोनयन गरेको र बाँकी सदस्य थपिँदै जाने बताए।
Discussion about this post