इलाम / ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई कन्याममा स्वागत, फिक्कलमा सम्मान गरिएको छ । ओलम्पियन्स रि-युनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्योदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको हो ।
सूर्योदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरिएको छ । मोरङको विराट चोक सम्पन्न तेस्रो ओलम्पियन रि-युनियन सकेर इलाम आएका खेलाडीहरूलाई फिक्कल बजार परिक्रमा सहित फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको हो ।
कार्यक्रममा १४ औ राष्ट्रपति रनिङ शिल्डमा मेडल जित्ने सूर्योदय नगरपालिकाका खेलाडीहरूलाई सम्बन्धित खेलका केन्द्रीय पदाधिकारी र ओलम्पियनहरुको हातबाट सम्मान गरिएको थियो ।
ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दक्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।
पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छ जना ओलम्पियनहरु समेत सहभागी थिए ।
ओलम्पियनहरुलाई सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राईले मायाको चिनो समेत प्रदान गरेका थिए ।
पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा पुगेर सम्पन्न भएको हो ।
Discussion about this post