काठमाण्डौ । । सुनसरीको ईटहरीबाट फागुन ७ गते आईतबारबाट शुरु भएको प्रदेश खबर डटकमलाई नेपाल पत्रकार महासंघ केन्द्रिय समिति,नेपाल बिज्ञापन बोर्ड र अनलाईन पत्रकार संघ केन्द्रिय समितिले सफलताको शुभकामना ब्यत्त गरेका छन ।
नेपाल पत्रकार महासंघका केन्द्य्रिय अध्यक्ष बिपुल पोख्रेलद्धारा हस्ताक्षरित शुभकामनामा अनलाईन पत्रकारिता मार्फत नागरिकको सुचनाको अधिकारलाई सत्यतथ्य समाचार प्रबाह गरी समाज रुपान्तरणको दिशामा शसत्त भुमिका निर्बाह गर्ने बिश्वासका साथ सफलताको शुभकामना ब्यत्त गरिएको छ ।
अनलाईन पत्रकार संघका केन्द्रिय अध्यक्ष डिल्लीप्रसाद सापकोटाद्धारा हस्ताक्षरित शुभकामना मनतब्यमा निष्पक्ष पत्रकारिताको अभ्यासका रुपमा यो अनलाईनले भुमिका खेल्नेमा बिश्वस्त रहेको उल्लेख गरिएको छ ।
यसैगरी बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईद्धारा हस्ताक्षरित शुभकामनामा लोकतन्त्रलाई बलियो बनाउँदै आवाजबिहिनहरुको आवाजलाई बुलन्द रुपमा उठाउनका लागि शुभकामना ब्यत्त गरिएको छ । यसैगरी बिभिन्न पेशागत संघसंगठनले समेत प्रदेश खबर शुरुवात भएकोमा शुभकामना ब्यत्त गरेका छन ।
Discussion about this post