आज फागुन ७ मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको दिन अर्थात प्रजातन्त्र दिवस । २००७ फागुन ७ का दिन ,जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन,राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’मान्ने गर्छौ ।
राणाहरुको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोष सहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । २०६३ बैशाखमा लोकतन्त्र स्थापना सँगै ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ पाएको थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको छ । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ । मुलुकमा प्रजातन्त्र आएकै दिन अर्थात आजबाट शोषित,पिडित,दमित र आवाजबिहिनहरुको आवाजको रुपमा आफुलाई उभ्याउने प्रयत्न स्वरुप डिजिटल पत्रिका प्रदेशखबर डटकम को श्री गणेश गरेका छौँ ।
डिजिटल पत्रकारिता मार्फत आम मानिसहरुको दैनिक जनजीवन,साथै चासो र रुचिलाई समेटदै जाने र विश्वभर छरिएर रहेका नेपाली समुदायका आम पाठक र दर्शकहरुमाझ छिटो र छरितो माध्यायमबाट पुग्ने ध्येयका साथ सुचनाको भरपर्दो माध्यायमका रुपमा हामीले प्रदेशखबर डटकम शुरु गरेका हौँ । हाम्रो ध्येय बिकृति,बिसंगति र बिभेदरहित स्वच्छ र समृद्ध मुलुक निर्माणका लागि एउटा सच्चा पहरेदारको रुपमा खबरदारी गर्नु नै हो । सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि शुरु भएको पत्रकारिता वर्तमान समय सम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसात् गरेर मात्र पूर्ण बन्ने भएको छ । छापा पत्रकारिता,रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हँदै इन्टरनेटको युगसम्म आइपुगेको छ । सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा श्रव्य, दृश्य, तस्वीर र अक्षरका माध्यमबाट समाचार वा कुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न सकिने भएकाले यस प्रविधितर्फ पाठकको आकर्षण बढ्दो छ । विश्वको जुनसुकै स्थानमा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास इन्टरनेट प्रविधिले सहजता बनाएको छ ।
विश्वका विकसित मुलुकहरूले अनलाइन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानूनको व्यवस्था समेत गरिसकेका छन । त्यस अनुसार यसले विकासको गति समातेको छ । विश्वमा इन्टरनेटको शुरुवात सन् १९६० दशकमा भएसँगै विश्वमा अनलाइन पत्रकारिताको आरम्भ भएको मानिन्छ । अनलाइन पत्रकारिताको इतिहासलाई हेर्ने हो भने सन् १९७० यता दुई प्रकारका अनलाइन पत्रकारिता पाइन्छ–टेलिटेक्स र भिडियो टेक्स । टेलिटेक्सको प्रारम्भ सन् १९७१ मा बी.बी.सी.बाट भयो । इ–पत्रकारिताको प्रारम्भमा आएको टेलिटेक्स एकतर्फी माध्यम मान्न सकिन्छ । केही समयको अन्तरालमा भिडियो टेक्स प्रविधिको विकास भयो, यसमा दुईतर्फी संवाद सम्भव भयो । विश्वको पहिलो अत्याधुनिक अनलाइन पत्रिकाको रूपमाअमेरिकाको शिकागो ट्रिव्युनलाई लिइन्छ । यो सन् १९९२ मा इन्टरनेटमा प्रकाशित भएको थियो । यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ । अहिले लाखौंको संख्यामा राष्ट्रिय अन्तर्राष्ट्रिय अनलाइन युजपोर्टल र विभिन्न सञ्चार माध्यमका अनलाइन संस्करण हेर्न, सुन्न र पढ्न सकिन्छ ।
नेपालमा ढिलै भएपनि सूचना प्रविधि सूचना तथा सञ्चार प्रविधि अनलाइन पत्रकारिता इ–कर्मस इ–बैंकिङ आदिको विकास क्रमिक रूपमा बढ्दै गएको छ । यसै क्रममा नेपाली पत्रकारितापनि अब इन्टरनेटमा घुलमिल हुन थालिसकेको छ । विश्वमा लामो समयदेखि इन्टरनेटको प्रयोग भएपनि नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्डभ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ । संस्थागत रूपमा वि.सं २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले इमेलको शुरु गरेको हो । त्यसबेला इमेल तान्न र पठाउन कम्प्युटरको माध्यमबाट भारतमा फोन गर्नुपथ्र्यो । निजीक्षेत्रको मर्कनटाइल कम्युनिकेसनले वि।सं। २०५१ सालदेखि व्यावसायिक इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । नेपालमा इन्टरनेट सुविधा उपलब्ध भएको झण्डै एक दशकअघि मात्र भएता पनि अनलाइनको शुरुवात भने देश बाहिर रहेका नेपालीहरूले त्यसअघि नै गरिसकेको भेटिन्छ । अहिलेसम्म सन् १९९२ मा अमेरिकामा बसोबास गर्ने नेपालीले सञ्चालन माल्याएको द नेपाल डाइजेस्टलाई पहिलो नेपाली अनलाइन मानिदै आएको छ ।
यद्यपि नेपाल भित्रबाट भने अनलाइन पत्रकारिताको प्रारम्भ मर्कन्टाइलले सन् १९९५ मा साउथ–एसिया डट कममार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो । मर्कन्टाइलले नै सन १९९८ मा नेपालन्यूज डटकमको रूपमा आफ्नै अनलाइन पत्रिकाको शुरुवात ग¥यो । प्रारम्भमा नेपालन्यूजले आफैं समाचार राख्नेदेखि अन्य पत्रिकाहरूलाई समेत आफ्नो साइटमा हालिदिने अन्य पत्रिकालाई समेत अनलाइनको संसारमा प्रवेश गरायो । इन्टरनेट माध्यमम ाअनलाइन पत्रिकामात्र सञ्चालनमा छैनन् प्रिन्टमा निस्कने पत्रपत्रिकाहरू पनिप्रायः सबै जसो इन्टरनेट संस्करणका रूपमा अनलाइन मै पढ्न सकिन्छ । नेपालको सन्दर्भमा अनलाइन पत्रकारिताको जति महत्व छ जटिलता पनि त्यतिकै छ ।
नेपाल जस्तो अशिक्षित र भौगोलिक विकटताका कारण यसको विस्तार तथा वितरणमा कठिनाइ भने अवश्य नै रहेको छ । अनलाइलनमा स्रोत नखुलाई हतारमा सम्प्रेषण गरिएका सामग्रीहरू हुन्छन्, जसले गर्दा आमसञ्चार क्षेत्र उपर सर्वसाधारण जनतामा रहेको विश्वासका साथै नैतिकतामा समेत प्रश्न चिन्ह लाग्न सक्ने स्थिति रहन्छ । प्राय अनलाइन पत्रकारहरू केही पाउना साथ कुनै अनुसन्धान नै नगरी सम्बन्धित व्यक्तिलाई नै नभेटी समाचार सप्रेषणमा दौडिन्छन् । अनलाइन पत्रकारितामा नैतिकता र आचार संहिताको प्रश्नले महत्व पाउनुका पछाडि यसको प्रकृति पनि उत्तिकै जिम्मेवार छ । किनभने इन्टरनेट साइट खोल्न जोसुकैले पनिपाउने, साइट खोल्ना साथ सामग्रीहरू सम्प्रेषण गर्न सकिने र त्यस प्रकारका सामग्रीमा पत्रकारिताको सिद्धान्त पूरा गरेको नदेखिने आदि कारणले गर्दा यस क्षेत्रमा आचारसंहिताको पक्षमा बेला बेलामा कुरा उठ्ने गरेको छ ।
ति तमाम समस्या र अबरोधका बिच पनि डिजिटल प्लेटफर्म मार्फत स्वच्छ र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकहरुको आवाजलाई बुलन्द गर्दै स्वच्छ र निष्पक्ष पत्रकारिता गर्ने प्रण गर्दछौँ । हाम्रो यो अबिचलित र अबिराम यात्रामा साथ,सहयोग र हौसला प्रदान गर्नका लागि हामी आम पाठक र दर्शकहरु सँग अनुरोध समेत गर्दछौँ ।
Discussion about this post